महानगरका उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै

तु खबर संवाददाता
२०७९ बैशाख १०, शनिबार ०८:४२
file-photo

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन छ । बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ ।

यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो । तर, पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबण्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो ।