केन्द्रीय परिचालन उपसमितिमा संयोजकहरू मनोनीत

तु खबर संवाददाता
२०७९ बैशाख ९, शुक्रबार ०८:३३

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् ।

संयोजक खड्काले भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिको संयोजकमा केन्द्रीय सदस्य प्रदीप पौडेल, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उदय शमशेर राणा, जिल्ला सम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजंग बस्नेत र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य रामहरि खतिवडालाई मनोनयन गरेका हुन् ।