लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १८:१८

सुनसरी । लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका–१९ बस्ने ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा उच्च अदालत बिराटनगरको २०७३ भदौ ५ गतेको फैसलाले १ वर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरीवाना ठहर भई फरार रहेका उनलाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राईलाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको छ ।