काठमाडौंबाट पक्राउ परे हेटौंडाका लामा

काठमाडौं । काठमाडौंको नरेफाँटबाट प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १६ घर भई काठमाडौंको नरेफाँट बस्ने २६ वर्षीय कविर लामा रहेका छन् ।
उनलाई उपत्यकाका विभिन्न स्थानहरुमा लुकाई छिपाइ बिक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार नयाँ बानेश्वर पठाइएको छ ।