हत्यामा गरेको आरोपमा ४ जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २, शुक्रबार १७:२३

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय मनोज भण्डारी रहेका छन् ।

जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार गरी विभत्स हत्या पश्चात फरार रहेका उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बिहीबार रुपन्देही सिद्धार्थ नगरपालिका–१ बेलहिया सिमानाकाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको प्रहरीले जनाएको छ ।