हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार ०९:५८

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रस्थित बदाम फ्याक्ट्रीबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्याक्ट्रि रेखदेख गर्न बसेको २६ वर्षीय निमेश कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कटुवाललाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पुगेको उक्त टोलीले कटुवाल सुत्ने कोठा छानमिन गर्दा लागूऔषध वान रेक्स ३६ बोत्तल र गाँजा ५०० ग्राम बरामद भएपछि निजलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका कटुवाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।