९३ किलो गाँजासहित तामाङ पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र २८, सोमबार ०९:१२

महोत्तरी । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ रहेका छन् । उनलाई विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति पक्राउ गरेको हो ।

छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार, जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँबाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको प्रहरीले जनाएको छ ।