कांग्रेसद्वारा हेटौंडा–१८ मा अध्यक्षको नाम सिफारिस
मकवानपपुर । नेपाली कांग्रेसले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बाट अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको कांग्रेसको वडा समितिको बेठकले अध्यक्षमा रामबाबु बायिनाँसहित वडा सदस्यहरुको नाम चयन गरेको हो ।
वडा समिति बैठकले खुला सदस्यमा योगराज खतिवडा र लालबहादुर जिम्वा, महिला सदस्यमा बिष्णुमाया थपलिया र दलित महिलामा पुनम मग्रातीको नाम सिफारिस गरेको हो । वडा अध्यक्ष र सदस्यका उम्मेदवार सबै नयाँ अनुहार हुन् ।
