पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै पदमुक्त भएको बीसीले जनाएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेका थिए ।
उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो ।