२४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार १५:३७
file-photo

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ६ सय ६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७४७ जना रहेका छन् ।