कमल थापाका भतिजले दिए राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा
मकपवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अभिषेक थापाले पदबाट राजीनामा दिएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजासमेत रहेका थापाले राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन् ।
उनले बुधबारबाट एक सूचना जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएको जानकारी गराएका हुन् । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
हेर्नुहोस् सूचना ।

