स्थानीय चुनावको रणनीतिबारे लोसपामा छलफल सुरु
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ । बुधवार पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।
बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरुले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका बारेमा आफ्नो मत राखेका जानकारी दिए । नेताहरुले बोल्ने क्रम नसकिएकोले बैठक बिहीबार पनि बस्ने छ । बिहीबारको बैठकले विधान परिमार्जनको मस्यौदालाई टुंगो लगाउने उनले जानकारी दिए ।
