कांग्रेस नेता दाहालद्वारा खेल सामग्री हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रास्थित गोर्खा व्वाइज क्लबलाई खेल सामग्री सहयोग गरिएको छ । नेपाली कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले बुधबार बिहान हेटौंडा–४ स्थित हुप्रचौरमा एक कार्यक्रमबीच क्बलका कप्तान सशील देउललाई खेल सामग्री हस्तान्तरण हुन् ।
नेता दाहालले खेल सामग्री हस्तान्ण गर्दै आगामी दिनमा पनि खेल क्षेत्र र खेलाडीका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । कार्यक्रममा क्लब अध्यक्ष अस्मिर गुरुङ, सल्लाहकार युवराज लामा तथा क्लबका खेलाडी तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
