स्थानीय तह निर्वाचन : ३६ लाख नयाँ मतदाता थपिए

तु खबर संवाददाता
२०७८ चैत्र १४, सोमबार ०९:५५

मकवानपुर । आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको अन्तिम मतदाता नामावलीको टुंगो लगाए हो ।

जसअनुसार, करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् । निर्वाचनमा ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला सहभागी हुन पाउने भएको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक ३६ लाख ६१ हजार २ सय ९९ नयाँ मतदाता थपिएका छन् ।

अघिल्लो निर्वाचनमा देशभरका १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता रहेको थियो । यसपटक सबैभन्दा धेरै मतदातामा मोरङमा रहेका छन् भने सबैभन्दा कम मनाङमा रहेका छन् । मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।