मानव अधिकार संगठन मकवानपुरका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको नवनिर्वाचित सभापति शर्मिला श्रेष्ठसहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । गत चैत्र ५ गते सभापतिमा निर्वाचित श्रेष्ठसहित ११ जना पदाधिकारीहरुलाई पदभार ग्रहण गराइएको हो ।
पदभार ग्रहणमा निर्वाचन समितिको संयोजक कृष्णप्रसाद दाहालद्धारा सदस्य प्रमाण पत्र ग्रहण गर्दै निर्वाचित पदाअधिकारीहरुले नामको अगाडि अधिकारकर्मी जोडिएका कारण सधैनै मानव हकहितमा काम गर्नै प्रतिबद्धता जनाए ।
निवर्तमान सभापति अप्सरा बस्नेतले नवनिर्वाचित अधिकारकर्मीहरुले इमान्दार भएर काम गर्नेमा विश्वास रहेको बताईन् । सोही क्रममा संस्थापक अध्यक्ष र हालका सल्लाहाकार समेत रहेका कृष्णप्रसाद दाहालले मानव हकहितमा काम गर्ने अधिकारकर्मी बनेर निस्कदा सधै नेपालको कानुन अनुसार काम गर्नुपर्ने र पदाअधिकारहरुसंग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताए ।
नेतृत्वमा रहेको प्रमुखको मात्र सबै जिम्मेवारी नभएर सभैको अहम भुमिका भएमा मात्र मानवको अकहितमा काम गर्न सकिने भएका कारण एक जुट भएर काम गर्न सुझाव दिए । त्यस्तैगरी, सल्लाकारहरु बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवालले पनि संगठनको नेतृत्वमा रहेर काम गरिरहदा सधै मानव अधिकारका निम्ति काम गर्नलाई आफ्नो तर्फबाट सहयोग रहने बताए ।
विसुद्ध मानव अधिकारसंग जोडिएको संगठन भएको र यसमा कुनैपनि समयमा पार्टीका कुरा नगरी राजनिति बिषय नबनाई सधै निश्पक्ष काम गरिनुपर्ने सल्लाकारहरुको भनाई छ । यसै क्रममा सभापति श्रेष्ठले सबैले विश्वास गरी चुनेकोमा विश्वास अनुसार संगठनको विधान र नेपालको कानुनको दायरामा रहेर मानव कल्याण र हकहितमा काम गर्ने बताईन् । यो संघर्षको मैदान भएको र एक्लै काम गर्न नसकिने भएकाले सबैको साथ सहयोग सधै आवाश्यक रहने बताईन् ।
कार्यक्रममा उप सभापति राजबाबु पहाडी सचिव सुवास चन्द्र अधिकारी, सहसचिव मञ्जु खराल, कोषाध्यक्ष सुमित्रा थिङ सदस्यहरुअपेक्षा बस्नेत,श्रद्धा ढुङ्गाना,राजेश गरिब, बिमला नेपाली इन्दिरा लुइटेल र तेजकुमारी थापाको उपस्थिती रहेको थियो ।
