कांग्रेस बैठक सोमबार पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठक सोमबार पुनः बस्ने गरी आजका लागि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
उनका अनुसार, बैठक सोमबार बिहान साढे ११ बजे पुनः बस्ने तय भएको छ । आजको बैठकमा ५० भन्दा बढी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बैठकमा चुनावी गठबन्धन बनाउने वा पार्टी एक्लै अघि बढ्ने भन्नेमा बहस भएको छ । यसबारे नेताहरुको मिश्रित धारणा आएको छ ।
