देशभर २३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका ५ हजार २ सय २२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ७ सय ८० जनाको पीसीआर र १ हजार ४ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५८ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
