श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १७:०४
सांकेतिक तस्बिर

महोत्तरी । महोत्तरीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औराही नगरपालिका वडा नम्वर २ बस्ने २१ वर्षीय धीरजकुमार यादव र १८ वर्षीय रमेशकुमार सहनी रहेका छन् ।

उनीहरुलाई जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडकखण्डबाट नगद ५५ लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनीहरुको साथबाट ज ९ प ८२४७ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको छ । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको जनाइएको छ ।