हिउँदे अधिवेशन अन्त्य गर्ने बागमती सरकारको निर्णय

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार १५:१९
तस्वीरः मन्त्रिपरिषद् बैठकको निर्णयबारे पत्रकारहरुलाई जानकारी गराउँदै स्वास्थ्यमन्त्री निमा लामा

मकवानपुर । बागमती प्रदेश सरकारले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि २ वटा बैठक बैठक बसेर नवौं अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारले वैशाखबाट वर्षे अर्थात बजेट अधिवेशत सञ्चालन गर्ने तयारी समेत गरेको छ । अब बजेटको तयारीमा जुट्ने समय आएकोले अधिवेशन अन्त्य गर्नुपर्ने भएको उनले बताए । मन्त्रिपरिषद् बैठक मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको हो ।