हेटौंडामा ६५ औं सहकारी दिवस भब्य रुपमा मनाइने
मकवानपुर । हेटौंडामा ६५ औं सहकारी दिवस भब्य रुपमा मनाइने भएको छ । ‘मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी’ भन्ने नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवु मनाइने भएका हो ।
सहकारी दिवस मनाउन मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् ।
सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण र भुटनदेबी विद्यालयको चौरबाट र्याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कारसहित समापन गर्ने कार्यक्रम तय भएको संयोजक देवकोटाले बताए । साथै उनले सोही दिन साँझ प्रदेश भरका सहकारीहरुले दिपावली गर्न समेत आग्रह गरेका छन् ।
