थप ४५ जनामा कोरोना संक्रमण, १४७ संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ९ सय ७८ पीसीआर परीक्षणमा ४१ जना र १ हजार ७ सय ७४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभरका १ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
