मनहरी–२ मा कांग्रेसको टोल कमिटी गठन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ को आयोजनामा शनिबार भएको भेलाले मिलटोल तिनतल्ले टोल समिति गठन गरेको हो । भेलाले प्रताप स्याङ्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
यस्तै, समितिको उपसभापतिमा बाकसिङ थिङ, सचिवमा रबि रुम्बा, कोषाध्यक्षमा ग्याब चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः दिपेश थिङ, कालदेन रुम्बा, सुर्यबहादुर तामाङ, सुर्यबहादुर घलान, कमल घलान, केशर थिङ, मनोज घलान, बुद्धिबहादुर घलान र मेनुका मोक्तान रहेका छन् ।

भेला कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ का सभापति प्रेमबहादुर गोङ्बाको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो । कांग्रेस मकवानपुरले ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तरगत जिल्लाको विभिन्न स्थानीय तहमा टोल समिति गठनलाई तीब्रता दिँदै आएको छ ।
