देशभरका १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ९ सय ९३ जनाको पीसीआर र २ हजार ५ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
शनिबार थपिएसँगै हालसम्म पीसीआरबाट ९ लाख ७८ हजार १ सय २७ र एन्टिजेनबाट १ लाख ४० हजार ७० मा कोरोना पुष्टि भएको छ । तीमध्ये हालसम्म ९ लाख ६२ हजार ५ सय ८२ हजार संक्रमणमुक्त भएका छन् भने ११ हजार ९ सय ५० जनाको संक्रमणका कारण मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ९५ जना रहेको मन्त्रालयले जनाएको छ ।
