पेस्तोल र गोलीसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १३:२०

सिरहा । सिराहको धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान इटालियन पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रम्हदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनलाई बिहीबार बिहान ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागाजिन समेत बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।