श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, गएराति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएको उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
