लागूऔषध गाँजासहित २ भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १५:३३
सांकेतिक तस्बिर

वीरगञ्ज । सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ठोरी गाउँपालिका वडा नम्वर ३ सिकारीबासबाट लागूऔषध गाँजा ५ किलोसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत–१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल रहेका छन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ । उनीहरुलाई नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको टोलीले पक्राउ परेको हो ।

प्रहरीका अनुसार, बीआर ०६ यु ५८५३ नम्वरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गेको हो । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।