आफन्तको नजरमा महिला अधिकारको औचित्य

तु खबर संवाददाता
२०७८ फाल्गुन २१,शनिबार ०९:२०

महिलालाई र पुरुषलाई समान अधिकार दिनको लागि वर्तमान संसारमा व्यापक बहस सुरु भएको छ । महिलालाई अधिकार दिएमा विश्वले हरेक कुरामा प्रगति गर्न सक्दछ । आधा आकाश ढाकेका महिलालाई यथोचित अधिकार दिएर देश निर्माणको बाटोमा विश्ववासी लाग्नु पर्ने देखिन्छ । आऔं हामी यस लेखमा वर्तमान विश्वमा महिला अधिकारको औचित्य बारेमा चर्चा गरौं ।

स्त्रीलाई अधिकारहरुमा साझेदारी गर्न दिनु पर्दछ, तब ऊ पुरुष सद्गुणहरुसँग प्रतिस्पर्धा गर्ने प्रयत्न गर्न लाग्दछे , किनभने मुक्त हुनुको साथै उसले बढी पूर्ण बन्नु पर्दछ , अन्यथा उसले त्यो सत्तालाई औचित्यपूर्ण मान्दछे, जस्ले एउटा यस्तो दुर्वल प्राणीलाई त्यसको कर्तव्यमा बाँधिदिन्छ । आजको एक्काइसौं शताब्दीमा महिलाहरु अत्यन्तै सक्षम भइसकेका छन् । उनीहरुलाई मात्र आवश्यकता छ अधिकारको । महिलालाई पुरुष सरह आधा अधिकार दिन हामी पछि पर्नु हुँदैन । पुरुष र महिला एक अर्काका परिपुरक हुन् । एक सिक्काका दुईपाटा हुन् ।

वास्तवमा महिलाहरुको आचरण र व्यवहारले स्पष्ट रुपमा यो प्रमाणित गर्दछ कि उनीहरुको मनमस्तिष्क दुर्वल स्थितिमा छ , किन भने ती फूलहरु जस्तै, जुन अत्यन्तै उर्वर माटोमा रोपिएका छन् , तिनीहरुको शक्ति र उपादेयताको सौन्दर्यको पक्षमा तिलाञ्जली दिइन्छ र परिपक्क हुने ऋतु भन्दा पहिले नै आकर्षक पत्रहरु रुचिपूर्ण आँखाहरुलाई आकर्षित गरेपछि डाँठमा उपेक्षित जस्तै ओइल्याउँदछन् । आज पनि महिलाहरु दबिएका छन् । वर्तमान शिक्षा प्रणाली र पुजिवादी संसारले महिलाहरुलाई दोस्रो दर्जाको नागरिक बनाएका छन् । महिलाहरु भोग विलासको साधन बनेका छन् । यो मानवजातीकै लागि कलंक हो । तसर्थ हामी सम्पूर्ण मानवहरु महिला अधिकारको निमित्त एकजुट हुनु पर्दछ र महिलालाई घर गृहस्थीबाट माथि ल्याउनु पर्दछ । त्यसो त विकसित देशहरुमा महिला पनि अगाडि बढेका छन् , त्यो मात्र प्रयाप्त छैन । पुरुष सरह नै महिलालाई पनि अधिकार दिनु पर्दछ भन्ने यो लेखकको आशय हो । पुरुषको महिला प्रतिको आशक्ति अब सम्मानमा बदल्नु पर्दछ ।

स्त्री—जातिको बुझाई यसकारणले धमिलो भएको छ कि वर्तमान शताब्दीका सभ्य महिलाहरु, केही अपबादलाई छोडेर, केवल प्रेमको भावना जगाउनका लागि मात्र तत्पर रहन्छन् , जबकि उनीहररुले धेरै बढी उदात्त आकांक्षाहरु राख्नु पर्दछ र आफ्ना योग्यताहरु तथा सद्गुणहरुको आधारमा सम्मानको माग गर्नुपर्दछ । साँचो अर्थमा भन्ने हो भने आफ्नो अधिकारको लागि आफै सक्रिय हुनु पर्दछ । तसर्थ महिला अधिकारको लागि महिला नै अग्रसर बन्नु पर्दछ । आफु कमजोर छु , हामी पुरुषको तुलनामा निरीह छौं , हामीले पुरुषको खटन मान्नु पर्दछ भन्ने जस्ता पुराना सोचाइमा परिवर्तन ल्याउनु परेको छ । त्यसो त वर्तमानमा महिला सचेत छन् तर त्यो सचेतना मात्र प्रयाप्त छैन । प्रिय महिलाहरु , तपाई आफ्नो अधिकारको निमित्त अगाडि बढ्नुहोस्,तपाईलाई साथ दिन हामी तयार छौं ।हुन त महिला अधिकारको नाममा पूरुषसँग संघर्ष गर्न हामीले उक्साईरहेका छैनौ, तपाईहरुले पुरुषलाई पनि साथ लिएर आफ्नो अधिकारलाई निमित्त एकजुट हुन आवश्यक छ । वर्तमान संसारमा महिलालई पनि पुरुष सरह अधिकार दिनु पर्दछ भनेर पुरुषहरु पनि सहमत छन् । अब केवल खाँचो छ , महिला एकताको । महिलाहरुले आफ्नो अधिकारको औचित्य पनि प्रमाणित गर्नु पर्दछ । महिलाहरु पुरुष सरह हरेक कृयाकलापमा अगाडि बढ्नु पर्दछ । घरको चौघेरालाई नाघेर देश र विश्वकै पनि सेवा गर्नु महिलाको पनि कर्तव्य हो ।

प्राकृतिक जगतमा यो देख्न सकिन्छ कि पोथी जाति सामान्यतया भाले जाति भन्दा कमजोर हुन्छन् । भाले जातिले पिछा गराउँदछ, पोथि जातिले समर्पण गर्दछ , यो प्राकृतिक नियम छ र महिलाको पक्षमा यसलाई रद्ध वा स्थगित गर्न सकिन्छ भन्ने देखिदैन । यो भौतिक श्रेष्ठतालाई अस्वीकार गर्न सकिदैन र यो एउटा उदार विशेषाधिकार हो ।त्यसो भनेर सधैंभरी महिला पुरुषको दास बन्न सकिँदैन । आजको संसारमा नारीहरु धेरै अगाडि बढी सके, महिलाहरु पनि घरको बन्धनमा सिमित नबनेर कति त प्रधानमन्त्री , राष्ट्रपति , डाक्टर , इिन्जिनियर , वकिल , लेखक बनिसके । महिला अधिकार बिना विश्वको समृद्धि सम्भव छैन । अब महिलालाई पनि पुरष सरह अधिकार दिन आवश्वयक छ । तबमात्र यो विश्वले सबै क्षेत्रमा आफ्नो काँचुली फेर्नेमा कुनै शंका छैन तसर्थ पनि हामी महिला अधिकारको निमित्त तत्पर र एकजुट हुनुपर्दछ ।