मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १५:०१

काठमाडौं । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिवालयले जानकारी दिएको छ ।