थप १५५ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १७:०६
filr-photo

काठमाडौं । नेपालमा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार १२२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र २ हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५४० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।