रेडपान्डाको छालासहित ३ जना पक्राउ
दाङ । दाङमा रेडपान्डाको छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्ती गाउँपालिका–१ स्थित भालुवाङ–प्यूठान सडकखण्डमा चेकजाँच गर्ने क्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डाको छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
