मकवानपुरमा शुक्रबार एक जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा शुक्रबार थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार २१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक जनामा मात्रै कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ९२८ जना पुगेको छ । यस्तै, सोही अवधिमा जिल्लाभरका ५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रममणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।