आज जसपाको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १०:१६

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ । आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जसपाको बैठक बालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने भएको हो ।

उक्त बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको विषयमा छलफल हुने कार्यकारिणी सदस्य प्रशान्त सिंहले जानकारी दिए । उनका अनुसार पार्टी विभाजन भए पछि केन्द्रिय विभागदेखी अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ । यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो ।