श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ
काठमाडौं । आफ्नै श्रीमतीलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगलमा बस्ने अम्मर रोकाया रहेका छन् ।
अम्मरलाई आफ्नै श्रीमती २८ वर्षीया प्रमिला पराजुलीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । अम्मरले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ । छुरा प्रहारबाट प्रमिलाको घाटीमा गम्भीर चोट छ ।उ नी बोल्न नसक्ने अवस्थामा छिन् । पक्राउ परेका अम्मरमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
