देशभर ३१२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६९३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो । यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।
