३६ जना चिनियाँ नागरिक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १०:२०
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गएराती पक्राउ गरेको हो ।

चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।