जिल्ला न्यायाधीशको परीक्षामा ३ जना उत्तीर्ण, अन्तरवार्ता फागुन २९ गते

तु खबर संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १८:१७

काठमाडौं । जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् ।

उत्तीर्ण भएकाहरुको अन्तरवार्ता यही फागुन २९ गतेका लागि तोकिएको छ । १८ जना न्यायाधीशका लागि परीक्षामा २१२ जना सहभागी भएका थिए । तीमध्ये ३ जनामात्रै उत्तीर्ण भएका हुन् । अन्य १५ कोटा अझै खाली हुने भएको छ । आजको बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खातीको उपस्थिति रहेको थियो ।