बाघको आक्रमणबाट एक पुरुषको मृत्यु
बाँके । बाँकेमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय धनबहादुर चलाउने रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार, राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो । प्रहरीको टोली र स्थानीयहरुले खोजतलास गर्दा उनको शव १० बजेतिर फेला पारेको थियो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
