मकवानपुरका मोक्तानसहित दुई जना पक्राउ
जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थितबाट प्रहरीले शनिबार बिहान लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १२६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङको सिद्धलेक गाउँपालिका–६ बस्ने २२ वर्षीय सुरेन्द्र बिक र मकवानपुरको कैलाश गाउँपालिका–२ बस्ने ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साथै प्रहरीले उनीहरुको साथबाट ८५ हजार रुपैयाँसमेत बरमद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
