जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा भेटियो
विराटनगर । धरान–भेडेटार सडकखण्डमा पर्ने जंगलस्थित जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा भेटिएको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।
उक्त टाउको र खुट्टा पुरुषको जस्तो देखिने भएपनि हाल पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त घटनाको विषयमा इलाका प्रहरी कार्यालय धरानले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
