देशभर थपिए ५२१ जना कोरोना संक्रमित, भए ३९३५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको कोरोना संक्रमणका काराण मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।
