आज शेयर बजारमा पहिरो, १०१ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार १५:५५

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्जमा पहिरो गएको छ । आज नेप्से परिसूचक १०१ अंकले घटेको छ । नेप्से १०१ अंकले घट्दा २ हजार ७०० दशमलव ३२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आइतबार २२७ वटा कम्पनीको शेयर किनबेच हुँदा कूल पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा पहिरो गएसँगै लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । आज सबै सूचांक राताम्मे भएको छ । आइतबार बजारबाट धेरै गुमाउने कम्पनीमा माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ता रहेका छन् । यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।