कमल थापाले राप्रपा नेपाल ब्यूँताउने

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार १५:२९
file-photo

काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुनः ब्यूँताउने भएका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको जानकारी गारएका हुन् ।

२०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरेका थिए । तर, आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै थापाले अहिले फेरि नियतीले ठिक ठाउँमा ल्याइपु¥याएको बताए । राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने उनको भनाई छ ।