नाबालकको सुनको मुन्द्रा लुट्ने र किन्ने पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट नाबलकको कानबाट सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–६ स्थित न्यू लक्की सुन चाँदी पसल संचालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ घर भएका ३० वर्षीय राज कुमार बराइली रहेका छन् ।
उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुले काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका–६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल संंचालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २÷२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
