पछिल्लो २४ घण्टामा ११२७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १ हजार १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभर १४ जनाको मृत्यु भएको छ भने २ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ । तीमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ८७८ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।
