मकवानपुरका थप १५ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ माघ २८, शुक्रबार १५:५७
filr-photo

मकवानपुर । मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा शुक्रबार ७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कर्याालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा विधिबाट ३४ जनाको परीक्षण गर्दा ४ जनामा र एन्टिजेन विधिबाट ३७ जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै थाहानगरपालिकाका रहेका छन् । त्यहाँ १० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, हेटौंडा उपमहानगरपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८५ जना रहेका छन् । जसमध्ये ८३ जना होम आइसोलेसनमा र २ संस्थागत आइसोलेसनमा उपचाररत छन् । त्यस्तै, शुक्रबार विभिन्न समयमा संक्रमण पुष्टि भई हामे आइसोलेशन संस्थागत आइसोलेशनमा बसेका १५ जना आज संक्रमणमक्त भएका छन् । आज जिल्लामा संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको छ ।