कांग्रेसद्वारा मकवानपुरका ६१० परिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । नेपाली कांग्रेस बागमतीले मकवानपुरको विकट राक्सिराङ र मनहरी गाउँपालिकाका ६१० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । कांग्रेस बागमतीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरेको हो ।
यसैगरी, मनहरी गाउँपालिका वडा नम्वर ४ का नयाँवस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका २ सय घरपरिवार र मनहरी–३ लामिटारका १ सय १० घरपरिवारलाई न्यानो कपडा कपडा वितरण गरेको हो । कपडा हसन्तरण कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका अध्यक्ष एवम् कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजकुमार मल्ल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सिराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा, मनहरी–३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु क्रमशः देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
