एमालेको प्रस्तावः फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौँ
काठमाडौँ । फागुन २ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोही दिन एमालेले विराटनगरमा १ नम्वर प्रदेश स्तरीय भेला आयोजना गरेकोले प्रतिनिधिसभा बैठक सार्न आग्रह गरेको हो ।
प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसदहरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए । पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ । पुस ७ यता मात्रै प्रतिनिधिसभाको बैठक निरन्तर ६ पटक स्थगित भइसकेको छ ।
