चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १०:३१
सांकेतिक तस्बिर

सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का सोमबहादुर रेग्मी रहेको प्रहरीले जनाएको छ ।

गत ७ माघमा लालबन्दी नगरपालिका–५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २–०३–००१ प १०१९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।