विद्यालयमा भौतिक उपस्थितिमा माघ महिनाभर पठनपाठन बन्द गर्न सिसिएमसीको सिफारिस

तु खबर संवाददाता
२०७८ माघ १४, शुक्रबार १८:१९

मकवानपुर । कोभिड संकट व्यवस्थापक केन्द्र (सीसीएमसी) ले माघ महिनाभर विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि मात्रै उक्त व्यवस्था लागु हुनेछ ।

यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो । कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो ।