नागढुंगाबाट पक्राउ परे मकवानपुरका युवक

तु खबर संवाददाता
२०७८ माघ १४, शुक्रबार १०:१०

मकवानपुर । मकवानपुरका एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ बस्ने २८ वर्षीय कुमार पुरी रहेका छन । उनलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम लागुऔषध गाँजाको खैरो धुलोसहित पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बा. ५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।